माधवकुमार नेपालद्वारा तेस्रो अध्यक्षको प्रस्ताव अस्वीकार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । नेकपामा तेस्रो अध्यक्षको प्रस्ताव माधवकुमार नेपालले अस्वीकार गरेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष बन्ने प्रस्ताव अस्वीकार गरेपछि यो प्रस्ताव अब अघि नबढ्ने भएको हो ।
यसअघि बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संकट समाधान भएपछि नेता नेपाललाई तेस्रो अध्यक्ष र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब तेस्रो अध्यक्ष बनाउने च्याप्टर क्लोज भएको भन्दै भने -‘तीन अध्यक्ष राख्ने प्रस्तावमा सामान्य छलफल भएको थियो । यसरी अध्यक्ष बन्न माधवकुमार नेपाल स्वयंम सहमत हुनु भएन ।’
प्रतिक्रिया दिनुहोस्