स्याङजा । चर्चित लोकदोहोरी गायिका विष्णु माझीकी आमाको मृत्यु भएको छ । उनकी आमा धर्मकुमारी माझिको ५८ बर्षको उमेरमा निधन भएको हो । स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय देखि विभिन्न रोगबाट ग्रसित माझीको उपचारका क्रममा शुक्रबार निधन भएको चापाकोट नगरपालिकाका सल्लाहकार बिश्वास पुरीले जानकारी दिए । उनका श्रीमान, एक छोरा र दुइ छोरि छन् ।

यता उनकी छोरी विष्णु माझी भने गुमनाम छिन । लामो समयदेखि उनी गुमनाम भएकी छिन । विशेषरी उनलाई नेपाली कलाकारहरुले पनि भेटन पाउदैनन । उनको स्वरमा बजारमा गीतहरु निरन्तर आइरहेका छन तर गायिका माझी बाहय रुपमा त्यति परिचित छैनन । पछिल्लो समय दर्शकले उनलाई जर्बजस्ती गुमनाम बनाइएको भन्दै चर्को आलोचना गरेका थिए । उनको गायक सुन्दरमणि अधिकारीसँग बिहे भएको छ ।