कास्की । पोखरामा एक फर्निचर उद्योगमा आगलागी भएको छ । पोखरा महानगरपालिका ९ नागढुङ्गास्थित फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमालको क्षति भएको छ । आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भएका छन् ।

साढे ११ बजेदेखि लागिरहेको आगो नियन्त्रणमा आउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले बताएका छन ।

उनका अनुसार आगलागीबाट भौतिक क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन । आगलागी भएको ठाउँमा बाटोको असुविधाका कारण दमकल जान नसकेपछि पछाडिको भागबाट बोरिङ्गको ट्यांकरको सहायताले आगो नियन्त्रण गरिएको थियो ।