बन्दाबन्दीको सान्दर्भिकता र विचारणीय कुराहरू
रामशरण देउजा

काठमाडौँ । सरकार दिग्भ्रमित भयो । नेताजीहरू राजनैतिक जालझेल र सत्ताको लुछाचुँडीमा अलमलिए भन्दैमा बन्दिबन्दी नियन्त्रणको विकल्प ठिक होइन भनेर यो बन्दाबन्दीको अन्त गराउन खोज्नु हाम्रो जस्तो मुलुकका लागि कत्तिको हितकारी होला ? सबैले एक पटक गम्भीर भएर सोचौँ । यस्ता सङ्कटहरूमा नागरिक दायित्व र भूमिकाले पनि ठुलै महत्त्व राखेको हुन्छ ।
हामी नागरिकमा पनि यति बेला राज्यप्रतिको दायित्व बोध हुनु जरुरी छ । सरकार स्थायी होइन यो राज्यको एउटा सयन्त्रहो जसले हाम्रो प्रतिनिधित्व गरिरहेका छन् । प्रतिनिधित्व गलत भयो भने परिवर्तन गर्ने अधिकार हामी सँग सुरक्षित छ नै । समय पक्कै आउने छ त्यस समय सही निर्णय गर्नबाट हामी यो वा त्यो बहानाबाट चुक्नु हुँदैन ।
यति भनिरहँदा खाली यो बन्दिबन्दी मात्र चाहिँ यो कोभिड १९ सङ्क्रमण रोकथामको एकल उपाय भने चाहिँ होइन भन्ने कुरामा भने सबै सहमत हुनै पर्दछ । यो बन्दाबन्दीको समानान्तर अवलम्बन गर्नुपर्ने अन्य थुप्रै उपायहरू हुन नसकिरहेकोले यो बन्दिबन्दी प्रति नकारात्मकता बढ्दै गएको देखिन्छ । यसैले गर्दा यो बन्दिबन्दी प्रति नेपालीहरूको विश्वास उठ्दै जान लागेको देखिन्छ । यो कोभिड १९को महामारी नियन्त्रण प्रतिको जनताको यही नकारात्मकता कहीँ यो महामारी संक्रमणममा थप सहायक हुनसक्ने परिस्थिति नबनोस् यसमा सरकारको गाम्भिर्रता अति आवश्यक छ ।
पछिल्लो थप भएको १० दिनको यो बन्दिबन्दी र अझै नपुग्ने भए २५ गतेबाट अर्को १ हप्ता थप गरी सरकारले यो बन्दाबन्दिको साथसाथै समानान्तर रूपले सञ्चालन गर्नुपर्ने अन्य कार्यहरू पनि द्रुतगतिमा गर्नु जरुरी छ ।
यो कोभिड १९ सङ्क्रमण घरेलु नभएर आयातित हो भन्नेमा अब कुनै शका रहेको देखिँदैन । त्यसैले यो अब थप हुने बन्दाबन्दैकै अवधि भित्र यही फागुन २०७६ को अन्तिम हप्ता पछि विदेशी विभिन्न मुलुकहरूबाट नेपाल आएका स्वदेशी र विदेशी व्यक्तिहरू र उनीहरूको सम्पर्कमा आएका सबै व्यक्तिहरूको पहिचान गर्ने र तिनीहरूको उचित परीक्षण गर्ने कार्य सम्पन्न राज्यका सबै निकायहरूको समुचित उपयोग गरेर अनिवार्य सम्पन्न गर्नुपर्ने छ ।
यति गरिसके पछि जो जो सङ्क्रमित छन् उनीहरूको उपचारलाई व्यवस्थित गर्दै यो बन्दाबन्दिको स्वरूप परिवर्तन गर्नु आवश्यक हुन्छ । यसो गर्न सकिएन र अझै यही रूपमा यो बन्दाबन्दीलाई थप लामो समय कायम गरियो भने जनस्तरबाट यसको विरुद्ध सङ्घर्ष गर्न जनता सडकमा आउन सक्दछन् ।
नेपालको कुल जनसङ्ख्या मध्ये वयस्क (कमाइखाने) जनसङ्ख्याको ३५५ जति जनता न्यून आए भएका छन् । कहीँ यो बन्दिबन्दी प्रतिको नकारात्मकताले ती समूह प्रति अब हामीले यो बन्दाबन्दिको अब अवज्ञा गर्नुपर्छ भन्ने भावना विकसित गरिदियो भने यसले ठुलो विद्रोहको रूप पनि लिन सक्दछ ।
त्यसैले अब सरकार यता तर्फ गम्भीर भएर यो घोषित बन्दिबन्दी अवधिभर बन्दिबन्दी सँगसँगै गर्नुपर्ने अन्य कार्यहरूलाई तदारुकता र प्राथमिकताका साथ पूरा गर्न तपशीलका कामहरूलाई प्राथमिकतामा राखी क्रियाशील रहोस् । यिनै कुराहरूको अभाव खडकिएका कारण बन्दाबन्दीका प्रति नकारात्मक धारण बढ्दै गएको छ ।
१. निम्न आय भएकाहरूलाई दैनिक हातमुख जोर्ने साधन, राहत र वासस्थान सुविधा उपलब्ध गराउने ।
२. सिमाना पार विदेशी भूमिमा बिचल्लीमा रहेकाहरूलाई सुरक्षित उद्धार गर्ने ।
३. रोजगारी गुमाएका श्रमिकहरूलाई न्यूनतम जीविकोपार्जनका लागि आवश्यक ज्याला उपलब्ध गराउने ।
४. स्थानीय तहमा उत्पादित कृषि उपजहरूको खपत र बेच बिखनका लागि व्यवस्थित र सुरक्षित व्यवस्था मिलाउने ।
५. अति आबश्यकिय बस्तु एबंम सामाग्रीहरू बाहेकका अन्य बस्तु सामाग्रीहरूको आयात बन्द गर्ने ।
६. कोरोना सङ्क्रमित बिरामीहरूका लागि अलग्गै अस्पतालको व्यवस्था गर्ने ।
७. अन्य अस्पतालहरूमा सबै सेवाहरू सुरक्षित तवरले सञ्चालन गराउने ।
८. चीन र भारत बिचका सबै नाकाहरू थप २ महिना बन्द गर्ने । (आबस्यकिय बस्तु र सामाग्री आयात बाहेक)
९. थप २ महिना सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने ।
१०. प्राथमिकता र सङ्क्रमणको संबेदनसिलतालाई मध्यनजर गरेर आन्तरिक उडानहरू खुल्ला गर्दै जाने ।
(लेखक निर्माण व्यवसायी महासङ्घका पूर्व केन्द्रीय महासचिव हुन् ।)
प्रतिक्रिया दिनुहोस्