मंगलबार दिउँसो भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन । चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।
मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।
कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्