बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

सर्लाही । बच्चाहरुबीचको लडाइमा परेर सर्लाहीमा एकजना महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुट हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो ।
खोधदी अन्सारीसहितको परिवारले कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको उनले बताए । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्