काठमाडौँ । आइतबार वुहानका विभिन्न अस्पतालमा उपचाररत सबै कोरोना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हुबई शहरमा ७७ वर्षीय संक्रमित डिस्चार्ज भएसँगै वुहानका अस्पताल अहिले कोरोना भाइरस संक्रमणका बिरामीमुक्त भएको हो । शनिबारसम्म चीनमा ८२ हजार ८ सय २७ मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ९३.४ प्रतिशत मानिस निको भइसकेका छन्।

सोमबार चीनमा अब आन्तरिक रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेसंख्या लगभग सकिएको घोषणा गरिएको छ । चीनमा अहिले दैनिक रुपमा विदेशबाट भित्रि रहेका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पाइरहेको छ । चीनभित्र न्यूनमात्रामा नयाँ संक्रमित फेला परिरहेका छन् ।

वुहानमा कोरोना भाइरसबाट संक्रमणको नियन्त्रणका उल्लेख्य कदम चालिएको थियो । त्यहाँ ६० हजार शैय्याका १६ अस्थायी अस्पताल तयार पारिएको थियो ।

२४ हजार स्वास्थ्यकर्मी अन्यक्षेत्रबाट वुहान पठाइएको थियो । फेब्रुअरी १८ देखि नै वुहानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गएको थियो ।

अहिले चीनभरीमा करिब ७ सय मानिस मात्रै संक्रमणको अवस्थामा छन् । तीमध्ये ५२ जनाको अवस्था गम्भीर छ ।