तारामण्डलद्धरा कामपा वडा नं. ९ र गौशाला प्रहरी वृत्तलाई कदर पत्र वितरण

काठमाडौँ । तारामण्डल महिला सशक्तीकरण अभियानले देशमा भएको विषम परिस्थितिमा अहोरात्र खटेका सुरक्षकर्मी र स्थानीय तहका प्रतिनिधिहरूलाई कदर पत्र प्रदान गरेको छ ।
काठमाडौँको पुरानो बानेश्वरमा रहेको महिला सशिक्तिकरण अभियानले काठमाडौँको वडा नं. ९ सँगको समन्वयमा गौशाला प्रहरी वृत्तलाई कदर पत्र प्रदान गरेको हो ।
साथै संस्थाले लकडाउनको अवस्थामा पनि नितान्त स्वच्छ भावनाले कार्य गरिरहेका जनप्रतिनिधीहरुलाई समेत कदर पत्र प्रदान गरेको हो ।

आइतबार वानेश्वरमा आयोजित एक अनौपचारिक कार्यक्रमका माझ गौशाला प्रहरी वृत्तका एक प्रतिनिधिलाई कदर पत्र प्रदान गरिएको संस्थाकी अध्यक्ष कुन्ती पोखरेलले जानकारी दिए ।
साथै संस्थाद्वारा वाड नं. ९ को कार्यालयमा नै पुगेर कार्यालय सहित राहत वितरणको कार्यमा खटिरहेका प्रतिनिधिहरूलाई समेत कदर पत्र वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्