लकडाउन थप्ने नथप्ने निर्णय भोलि, हवाई उडान भने जेठ २ सम्म स्थगित

काठमाडौँ । शनिवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन सम्बन्धी निर्णय
आइतबार बस्ने मन्त्रिपरिषद् बैठकलाई दिएको छ।
आज रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले आन्तरिक तथा वाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने र लकडाउन सम्बन्धी निर्णय मन्त्रिपरिषद् बैठकले गर्ने निर्णय गरेको हो।
आजको बैठकमा हालसम्म भए गरेका कामहरूको समीक्षा भएको थियो।
प्रतिक्रिया दिनुहोस्