काठमाडौँ । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस ९कोभिड–१९० परीक्षण शुरु गरेको छ ।

उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको छ ।

उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको शुक्रबार पनि भइरहेको छ ।

काठमाडौंमा दुई जना रहेको अनुमान गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तिमध्ये तीन जना काठमाडौंमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।