काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिइएको छ । उनलाई थप अनुसन्धानका लागि थुनामा राख्न लागिएको हो । उनलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिइएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताएका छन ।

प्रधानमन्त्री लगायत सरकारी उच्च पदस्थ कर्मचारीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा बुधबार बेलुका पूर्वसचिव उपाध्यायलाई ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो ।