काठमाडौँ । ।रुपन्देहीस्थित गुल्मपति रहेका डीएसपी मानबहादुर शाही दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट कुटिएका छन् ।

डीएसपी शाहीलाई इन्सपेक्टरद्वय केशव भट्टराई र दयाराम पौडेलले ब्यारेकभित्रै कुटपिट गरेका हुन् । मंगलबार रातिको घटनामा २ दिनपछि मात्र बाहिर आएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोकका अनुसार लकडाउनको समयमा डीएसपीमाथि कुटपिट गर्ने दुवै इन्सपेक्टर नियन्त्रणमा छन् । उनीहरुले मदिरा पिएर डीएसपीलाई कुटपिट गरेका हुन् ।

घटनाको अनुसन्धान गर्न ५ नम्बर प्रदेश बाहिनीले छानबिन समिति समेत गठन गरेको छ । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रविण कुमार श्रेष्ठले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न ५ नम्बर प्रदेश बाहिनीलाई निर्देशन दिएको बताए ।

५ नम्बर प्रदेश बाहिनीका प्रमुख डीआईजी नारायण दत्त पौडेललाई घटनाबारे बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन् ।

घटनाको अनुसन्धान र कारबाही प्रक्रिया थप अघि बढाइएको सशस्त्र प्रहरीको दाबी छ ।

रातोपाटी