काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंले जारी गरेका दुई अध्यादेश फिर्ता लिने तयारी गरेका छन्।

बिहीबार बिहान बालुटारामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू दुवै अध्यादेश फिर्ता लिन तयार भएको बताएको एक मन्त्रीले पुष्टि गरे।

‘आज विहान अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन तयार रहेको बताएका छन् ’, ती मनत्रीले भने, ‘सम्भवतः आज नै अध्यादेश फिर्ता लिने गरी राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ।’

नेकपा सचिवालयका एक सदस्याका अनुसार प्रधानमन्त्री ओलीले आज (बिहीबार) नै दुवै अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। ‘बिहान भएको छलफलमा दुवै अध्यादेश फिर्ता लिन्छु भनेर प्रधानमन्त्रीले भनेका छन् , आजै अध्यादेश फिर्ता हुन्छ’, ती सचिवालय सदस्यले भने।