धनगढी । नेपालको तेस्रो सङ्क्रमितको रूपमा कोरोना पुष्टि भएका सुदूरपश्चिमका सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको चौथो रिपोर्ट नेगेटिभ आए पनि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिहरूको सङ्ख्या ७ पुगेको छ ।