काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ ।

बुधबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

उनीहरु तीनै जना क्वारेन्टाइनमा रहेको र उनहिरुलाई अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ ।