अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ।

चिनियाँ सरकाले विश्वलाई कोभिड(१९ को जोखिम र सङ्क्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,ू मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने । त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ उनले थपे।

मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ। चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ।

मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्।

अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ।अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्राष्ट्रिय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ ।

बिबिसि