उदयपुरमा थप एक जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। संक्रमित ३३ वर्षका पुरुष हुन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्