तारामण्डल महिला सशक्तीकरण अभियानले काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

काठमाडौँ। संसारभर फैलिएको कोरोना महामारीका कारण अस्पतालहरुमा भएको रक्त अभाबलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तीकरण अभियानले काठमाडौँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
”रक्तदान जीवनदान” भन्ने नाराका साथ उक्त कार्यक्रम न्यु ओम् साई क्याटरिङ्ग एंड पार्टी प्यालेस, पूरानो बानेश्वोर चोकमा आयोजना गर्न लागेको हो । सो कार्यक्रम बैशाख ११ गते, बिहिबार हुने तारामण्डलले जनाएको छ। रक्तदान कार्यक्रम अपराहन्न १२:१५ देखि दिउसो २ बजे सम्म संचालन हुने जनाएको छ।
लकडाउनको अवस्थालाई ध्यानमा राखी सुरक्षित तरिकाले कार्यक्रम संचालाल हुने भएकाले रक्त दान गर्न इच्छुक स्वस्थ व्यक्तिले उल्लेखित नम्बरमा सम्पर्क गर्नको लागि आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्