फेसबुक लाइभमा कलाकारको सामुहिक छलफल

काठमाडौ । देश यतिबेला लकडाउनमा छ । सबै घरमा बसिरहेका छन । कसैले अत्यावश्यक कामहरु घरमै बसेर अनलाइनमार्फत गरिरहेका छन । यसैबीच कलाकारहरुले आज फेसबुक लाइभमा एक सार्वजनिक विषयमा सामुहिक छलफल गरेका छन् ।
लकडाउनको सदुपयोग गर्दै उनीहरुले ‘अ सिनेम्याटिक भ्यू’ भन्ने विषयमा छलफल गरेका हुन । यो अवधिमा उनीहरुको दैनिकी कसरी बितिरहेको छ, उनीहरु के गर्दैछन र आजसम्म के गरेर बिताए, यी सबै कुरामा छलफल भएको छ । जसमा कलाकार वक्ताहरु दयाहाङ राई, केकी अधिकारी, नाजिर हुसेन र स्वस्तिमा खडका रहेका थिए । जसको सहजीकरण कलाकार रीमा विश्वकर्माले गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस्