अमेरिकामा कोरानाका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार माथि

अमेरिकामा कोराना भाइरुको कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसारअमेरिकामा मात्र सक्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी रहेको छ।
अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० मानिस न्यूयोर्कमा रहेका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस्