मोरङ । मोरङको केराबारी गाउँपालिका-८ तोरीवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका-१० का १९ बर्षीय प्रमोद मल्लिक र केरावारी गाउँपालिका-१ का ४१ बर्षीय बिष्णु लिम्बुलाई १ केजी ८५० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।