दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

घर लिप्ने माटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोले पुरिएर घाइते भएकी गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर निवासी १८ बर्षीया शर्मिला परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिवार बेलुका ५ बजेतिर घरनजिकै घर लिप्ने माटो खन्न गएकी उनलाई माथिबाट झरेको ढिस्कोले पुरेको थियो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ११ मा अध्ययनरत थिइन ।