ड्युटीमा रहेका प्रहरी हवल्दार भट्टराइको मृत्यु

ड्युटीमा रहेका प्रहरी शिव प्रसाद भट्टराइ (हवल्दार)को मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनि डुयुटीमै रहेको बेला आईतबार राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फाप्लु उपचारको लागि लगिएको थियो । अस्पताल पुर्याएपछि बेहोस भएका भट्टराईको रातिनै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका ३८ बर्षिय भट्टराइको ड्युटीकै क्रममा मृत्यु भएको हो । उनका २ छोरा र १ छोरी छन्।
प्रतिक्रिया दिनुहोस्