काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले आफ्नो विभागले सरकारलाई पहिला दिएको सुझावहरु कार्यन्वयन्न नभएपछी प्रधानमन्त्रीलाई चिठी लेखेका छन । मजदुर नेता हुमागाँईले सबै मजदुर, श्रमिक र नेपाली जनताको लागि आफू लडिरहने कुरा राजधानीसंगको कुराकानीमा बताए ।