विचार : म, मजस्तै बन्नु छ
प्रदिप केसी

काठमाडौँ । प्रकृतिको अनुपम अनि अद्दितिय वरदान हो मान्छे। गर्भधारण को क्रममा अरू शुक्रकीटहरूलाई पछि पार्दै अरू भन्दा भिन्न भएर मानवरूपी चोला लिएर बाहिरको सन्सार देख्ने तरखरमा नयाँ परिबेश्मा खुट्टा टेक्दछ, अनि पूर्ण रूपले भिन्न भैसकेको हुन्छ।
विश्वका करिब आठ अरब मान्छेहरू भिन्न छन्। तिनीहरूको सोच भिन्न छ,बिचार भिन्न छ, लक्ष्य उद्देश्य भिन्न छन्। अनि शारीरिक संरचना त भिन्नै भइहाल्यो। हरेक भित्र आकाङ्क्षाहरू भिन्न छन्, कला प्रतिभाहरू भिन्न छन्। अझ भगबान प्रतिको विश्वास पनि भिन्नै छ। अरूको त कुरै नगरौँ,एकै आमाबुवाबाट एकै मिनेटमा जन्मेको सन्तानहरूमा पनि इच्छाहरू, प्रतिभा नि उनीहरू भित्रका लक्ष्य उद्देश्यहरू भिन्न हुन्छन्।
गर्भमै अरूभन्दा भिन्न भएको,सन्सार देख्ने बित्तिकै भिन्न सोच, भिन्न कला, भिन्न प्रतिभा ल्याएर जन्मेको मान्छे तर किन अरू जस्तै बन्न खोज्छ ? हेर्दा सामान्य जस्तै लागेपनी यो प्रश्न, दिल अनि दिमाग लगाएर सोच्नुहोस् त कति जटिल छ। विभिन्न क्षेत्रमा प्रसिद्ध ख्याति कमाएका मान्छे देख्ने बित्तिकै उनीहरू जस्तै बन्ने इच्छाले उसको मनमा दरिलो पासो हालिहाल्छ। आफूलाई दोस्रो व्यक्तिसँग तुलना गर्दागर्दै आज आफैलाई बिर्सेको छ मान्छे। आफ्नै जिन्दगी अरूलाई जिउन दिएको छ। र त आज मान्छे रतिभर खुसी छैन।
जिन्दगीका हरेक पल अरूलाई सुम्पेको छ अनि जिन्दगीका सुन्दर खुड्किलाहरूलाई असन्तोषको भारी भर्याङमा परिणत गरेको छ आफ्नो जीवनलाई । किनकि बिभिन अध्यनहरुले भनिसकेका छन्, आफूलाई दोस्रो व्यक्तिसँग दाँज्नु भनेको खुसीहरू सबै उसैलाई जिम्मा दिनु हो। आफ्नो जीवन अरूको लगाम मा छोडेको व्यक्ति कुनै समयमा खुसी हुन सक्तैन जसरी पिँजडा भित्रको सुगा खुसी हुँदैन।आफ्नो तुलना दोस्रो व्यक्तिसङ गर्ने यो प्रवृत्ति सायद सबै मानवरूपी भएर बसेको छ।
म पनि यो मानवरूपी प्रवृत्तिबाट अछुतो थिइन। सानै देखी अधिक रूपमा मनमा थरी थरीका इच्छा खेलाउनेको सूचिमा सायद पहिलो स्थानमै हुन्थे। सानोमा त्यसै किसिमका इच्छा चाहानाले मनमा ठाउँ लिन्थे।अलि उमेर बढ्दै गयो, चेतना भन्ने कुरा साबिकको भन्दा तेजिलो हुँदै आयो अनि झन् किसिमका कुराहरू खेल्न थाल्थे।त्यतिखेर लक्ष्य स्पष्ट थिएन होला,जुन समयमा जे देख्यो,जुन अवस्थाको परिकल्पना गर्यो,त्यही अनुरूपको लक्ष्य,उद्देश्य बन्थ्यो। विद्यालयमा पढाउने शिक्षक देख्दा होस या गाउँ समाजका प्रख्यात मान्छेहरू देख्दा, एउटै मात्र कुराले मनको कुरामा डेरा जमाइहाल्थ्यो।
उनीहरूजस्तै प्रतिष्ठित कसरी बन्नेछु हरेक क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूको लवाउखवाइ,रहनसहन सबै देख्दा उनीहरूको भेषमा हराउनु त्यति बेला नौलो कुरा थिएन। आफ्नो तुलना दोस्रो व्यक्तिसङ गर्दा उनीहरूका हरेक व्यवहारमा रुचि दिँदा लाग्थ्यो,उनीहरूको जीवनलाई जिइरहेको छु। आफ्नो अरू सङ्ग तुलना गर्नाले मनमा एक किसिमको कौतुहलता आउँछ,मन स्थिर रहँदैन।मन स्थिर नरहनु नै दुखको प्रमुख कारण हो।किनको शरीरलाई जति धेरै चलायो,उति धेरै शरीर मजबुत हुन्छ।तर मनलाई भने जति धेरै चलायो उति धेरै असन्तोष अनि अस्थिर हुन्छ। आफूलाई अर्को व्यक्तिसङ तुलना गर्नु भनेको आफ्नो जीवन अरूलाई जिउन दिनु जस्तै हो,आफ्नो जीवनको चासो अरूको हातमा थम्याउनु हो।यो भन्दा ठुलो विडम्बना अरू के हुन सक्छ, आफ्नो जीवन कसरी जिइरहेको छु त्यो मलाइ थाहा थिएन। मनमा थुप्रै कुराहरू खेलाइ मनलाई असन्तोषको थुप्रो बन्नौनु मानसिक स्वास्थ्यको लागि एकदमै नराम्रो पक्ष हो। अर्को व्यक्तिसङ आफ्नो तुलना गर्नाले खुसी र प्रसिद्धि मिल्ने भए आज सन्सारकै खुसी र प्रसिद्ध मान्छे मै हुन्थे होला। तर हाता लाग्यो शून्य। यो प्रवृत्ति ले सुखी होइन असन्तोष चाहिँ पक्कै मिल्दो रहेछ।
हरेक मान्छेमा समयानुकूल को चेतना हुनुपर्छ। मैले पनि त्यो चेतना पाए। पहिलेको त्यो वातावरण भन्दा अलि भिन्नै ठाउँमा छु आज म। यो पछाडिका दुइतिन वर्षले मलाइ धेरै कुरा सिकाएर गयो। हरेक कुराहरू अनि प्रत्येक परिस्थितिलाई फराकिलो तरिकाले अध्ययन गर्ने मौका मिल्यो।परिस्थिति लाई सकारात्मक रूपले सोच्न थाले।हरेक मान्छेहरू आफ्नै कर्ममा रमाएको देख्न पाए। गाडी चलाएर मलाइ गन्तव्यसम्म पुर्याउने डाईभर आफ्नै कर्ममा रमाउँदै थिए।ऊनलाई कहिल्यै शिक्षक बन्ने सपना आएन बरु अझै कसरी पोख्त हुने रातदिन खटिरहन्थे। हजाम आफ्नै कर्ममा खुसी थियो,उस्लाइ डक्टर बनेर बिरामीको सेवा गर्ने मनमा कहिल्यै आएन। फुटपाथ मा सामान बेच्ने मानिस त्यति नै खुसी थियो जति चिल्ला कारमा चढेर उसैलाई धुलो चटाएर हुइँकिने धनाढ्य थिए। मैले यिनै क्रियाकलाप हरूलाई नजिकै बाट धेरै चोटि हेरे। अरे यार ११ खुसी हुन त कुनै प्रसिद्धि नचाहिने रहेछ। आफूभित्रै खुसी हुन सके अरूसङ आफ्नो तुलना गरेर आफ्नो जीवनलाई किन उसको हातमा सुम्पिने।
मैले प्रतिज्ञा गरे, म अब आफ्नो तुलना दोस्रो व्यक्तिसङ कदापि गर्दिन।तर नानीदेखि लागेको बानी त्यति सजिल्यै किन हट्थ्यो र १ हरेक कुराहरूलाई मनमा खेलाउँदा खेलाउँदै मेरो मन त फुटबल ग्राउन्ड जस्तै भएको थियो होला त्यतिखेर।मानसिक रोगी हुनलाई अरू केही गर्नुपर्दैन मात्र अनावश्यक कुरा खेलाएर मनलाई कुस्ती मैदान बनाए पुग्छ।त्यो पनि अनुभव भयो। तर त्यति बेलै मैले मनोक्रान्ती किताब कतै बाट भेट्टाए,त्यसमा थुप्रै कुरा थिए जुन मैले मेरो जीवनमा लागू गर्ने कोसिस गरे। मैले मेरो दिनचर्या नै बदले।विभिन्न मोटिभेस्नल कथाहरू सुन्न थाले अनि बितेका सबै कुरालाई सकारात्मक तरिकाले सोच्न सक्यो मात्रै भनेपनी धेरै मानसिक तनावबाट बाच्न सकिन्छ। मैले ध्यान,योगा अनि मेडिटेसन लाई पनि जीवनको अभिन्न अङ्ग बनाए। ध्यानमा बस्दा छुट्टै किसिमको आनन्द आउँछ त्यो ध्यान गर्ने मान्छेलाई मात्र थाहा हुन्छ। पहिलेका हरेक कुरा सम्झँदा अनुचित लाग्छ।मैले त आफ्नो जिन्दगी अरूसङ तुलना गरेर आफ्नै ढङ्गले बाच्न नै बिर्सिसकेको रहेछु। हामी सबैमा एउटा एकदमै नराम्रो बानी हुन्छ,अरूको प्रगतिमा डाहा गर्ने। प्रगति गर्ने मान्छेले कति मिहिनेत गरेको हुन्छ त्यो उस्लाइ मात्र थाहा हुन्छ।उसको प्रगतिमा मजासँग मन खुलेर खुसी हुनुहोस्,हास्नुहोस ताकी तपाइले कुनै मिहिनेत नगरीकन सित्तैमै खुसी हुन सक्नुहुन्छ।
अहिले जिन्दगी सहज भएको आभास आउँछ,समस्या त हामीले आफ्नै मनमा सृजना गरिरहेका हुन्छौ तर त्यो हामीलाई थाहा हुँदैन।थाहा पाउने कोसिस गर्नुहोस् जसरी मैले गरे। ती कुराहरू ध्यान,योगबाट सिके,विभिन्न सकारात्मक कथाहरूबाट सिके अझ धेरै त आफ्ना गल्तीहरूबाट सिके।अहिलेका दिनहरूमा म आफूलाई भिन्नै ठान्दछु यो अर्थमा कि मैले आफ्नै मनमा समस्या देखे अनि समाधान पनि त्यसरी नै गरे। सानो हुँदाका कुराहरू सम्झिदा कहिले हाँसो ,दुख अनि खुसी पनि लाग्छ।खुसी यो अर्थमा लाग्छ कि सानोमा गल्ती गरेर ,आफैले आफूलाई प्रश्न सोधेर नै अहिले समाधान पाए। जीवनको एक गल्तीबाट एक अध्याय मा सिकेको पाठ नै खुसी हुनु छ,खुसी रहनु छ भने आफ्नो तुलना दोस्रो मान्छेसँग कहिल्यै नगर्नुहोस्। तुलना गर्नु छ भने आफै सङ्ग गर्नुहोस्।हिजोको म राम्रो कि आजको म।हिजोको म सफल कि आजको म। र अर्को आफू सङ्ग तुलना गर्न लायक प्रकृति। आफूलाई प्रकृतिसँग तुलना गर्नाले हरेक प्रकृतिका भञ्ज्याङ् हरूमा आफूलाई पाउन सकिन्छ । र आफ्नो जीवनको परिभाषा लाई मजाले बुझिन्छ।
आफू खुसी खुसी र सुखी हुनलाई अरू केही चाहिँदैन,मन सन्तोकी भए पुग्छ। तपाईँ,तपाइजस्तै हो,तपाइजस्तै अरू कोही हुनै सक्तैन। आफ्नो तुलना अर्को व्यक्तिसङ नगर्नु नै मनमा सन्तोक उब्जाउनु हो।त्यसका लागि अथक मिहिनेत चाहिन्छ।विभिन्न अध्ययन हरुले भनिसकेका छन्।मान्छेको जीवनमा आउने समस्याहरूको ९५५ जड उ आफै हो।समस्यासँग नआतिनुहोस, किनकि समाधान बिनाको समस्या कुनै हुँदैन। सबैले पूजा गर्ने मूर्ति बन्न अरू डुङ्गाभन्दा तुलनात्मक रूपले घनको ठक्कर बढी सहनै पर्छ।बहुमूल्य हिरा बन्न कोइलाले जटिल ताप र चाप सहनै पर्छ।रसायन विज्ञानमा अमूल्य तत्त्वहरू बन्न यौगिकहरु टुकृनैपर्छ। आफ्नो हरेक तुलना प्रकृतिसँग गरौँ।दोस्रो व्यक्तिसङ कदापि नगरौँ।धेरै अध्ययन हरूले प्रमाणित गरिसकेका छन्,आफ्नो तुलना अर्कोसँग गर्नु भनेको आफैलाई बिर्सनु हो।आफ्नो जिन्दगी अरूलाई जिउन दिनु हो। म, मजस्तै हो अनि तपाईँ तपाइजस्तै हुनुहुन्छ।
प्रतिक्रिया दिनुहोस्