काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।

जहाज शुक्रबार बिहान पौने ७ बजे काठमाडौँ आइपुगेको हो । दुवै जहाजमा कोरोना भाइरस सम्बन्धी परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याइएका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङजाओ उडेका थिए । चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए ।

निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङजाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।