कोभिड-१९ : भारतमा संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १३ हजार नाघेको छ।
अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १३ हजार तीन सय ८७ पुगेको हो । अहिलेसम्म भारतमा चार सय ३७ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा २३ जनाको मृत्यु भएको हो ।
महाराष्ट्रमा सबैभन्दा धेरै एक सय ९४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५३ जनाको मृत्यु भएको छ । त्यस्तै, दिल्लीमा ३८ र गुजरातमा ३६ जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने आठ सयभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै, भारतको उत्तरी राज्य बिहारमा अहिलेसम्म ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक जनाको भाइरसको कारण मृत्यु भएको छ । अहिलेसम्म भारतमा एक हजार सात सयभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्