राप्रपा नेत्री कुन्ती पोखरेलको काँग्रेसप्रति आपत्ति

काठमाडौँ । बिहिवार काँग्रेसले जारी गरेको विज्ञप्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि नेत्री कुन्ती पोखरेलले असन्तुष्टी ब्यक्त गरेकी छिन् । उक्त विज्ञप्तिमा काँग्रेसले दैनिक ज्यालादारी गर्ने श्रमिकको खाद्यान्नमा ध्यान दिन सरकारसंग माग गरेको थियो ।
उनले यो समय सरकार माथिऔला उठाउने र प्रश्न गर्ने समय नभएको भन्दै उक्त विज्ञप्तिप्रति असन्तुष्टी ब्यक्त गरेकी हुन् । हाल मुलुक कोरोनको महामारीबाट गुज्रिरहेको छ यस्तो अवस्थामा सरकारलाई प्रश्न खडा गर्दै विविध माग राख्नु न्योचित नभएको उनको भनाइ छ । माहामारीको यस विषम परिस्थितिमा सरकारको मुख ताक्नुको कुनै औचित्य नरहेको बताउदै उनले प्रश्न गरिन ”राष्ट्रव्यापी पार्टीहरुको जिम्मेवारी के हो ?”
उनले थपिन ,”जनताको घरदैलोमा आफ्नो लागि भोट मग्न जानसक्ने कार्यकर्ताले यो महामारीमा जनताको लागि आफै खटिन सक्नुपर्छ। ” उनि भन्छिन् चुनावको समयमा खर्चिएको रकम अब यो महामारीमा खर्चिने सामर्थ्य पार्टीले राख्नु जरुरि छ। उनले थपिन महामारीको समयमा एक अर्काको मुख ताकेर सरकारलाई औला उठाउनु भन्दा नागरिकका हितमा काम गर्ने सामर्थ्यको थालनी आफ्नै पार्टीबाट गरौ ।
प्रतिक्रिया दिनुहोस्