चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको संक्रमणले हाल विश्वका कयौँ मुलुक नराम्ररी प्रभावित भएका छन् । नेपालमा पनि कोरोना सक्रमणको खतरा बढ्दै गएको छ । बढ्दै गएको खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले ओम्नी समूहमार्फत् चीनबाट ७५ हजार युनिट र्‍यापिड डाइग्नोष्टिक टेष्ट किट किनेर ल्याएको थियो । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) कोरोना लागेको छ वा छैन थाहा पाउनका लागि द्रुत गतिमा गरिने टेष्ट हो । यो कोरोना संक्रमणको अवस्थालाई प्रारम्भिक रुपमा हेर्नका लागि प्रयोग गर्ने गरिएको छ ।

हाल नेपालको ७७ वटै जिल्लामा संक्रमणको शंका लागेका, विदेशबाट फर्किएका तथा उनीहरुको सम्पर्कमा आएकाहरुमा द्रुत गतिमा संक्रमण छ/ छैन पत्ता लगाउन यो किटको प्रयोग भइरहेको छ । तर प्रारम्भिक जाँचको क्रममा कोरोना पोजेटिभ देखिएका धेरैजसो केशहरुको पिसिआर टेष्टमा नेगेटिभ अर्थात् रोग निको भइसकेको वा रोग नै नभएको देखिने गरेको छ । प्रारम्भिक जाँचकै स्रोत भएपनि आरडिटी लाइ लिएर धेरै भ्रम पैदा भएको कुरालाई भने नकार्न सकिदैन । यी कारणले पनि र्‍यापिड टेष्ट किटका बारेमा धेरैमा अन्यौलता सिर्जना भएको छ ।

वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले कैलालीकी एक महिला कोरोना भाइरसबाट संक्रमित भेटिएको बताए । यी तिनै महिला थिइन्, जो लम्की बहुमुखी क्याम्पसको क्यारेन्टिनमा बसेको वेला र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट जाँच्दा नेगेटिभ रिपोर्ट आएपछि २९ चैतमा घर पुगेकी थिइन् । त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका– १ भरुवाकी ६५ वर्षीया उनको नमूनाआरडीटी बाहेक रियल टाइम पीसीआर मेशिनमा पनि राखेर जाँचिएको थियो। क्वारेन्टिनबाट घर पुगेको तेस्रो दिनमा उनी कोरोना संक्रमित भएको रिपोर्ट आएको थियो । सोमबार उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीलगेर आइसोलेसन कक्षमा उपचार थालिएको छ। यस्ता थुप्रै केशहरु छन् जसले र्‍यापिड टेष्ट किटको गुणस्तरमै शंका पैदा गरेको छ।

विश्वमा कोरोना संक्रमितको संख्या दैनिक ५०–६० हजारको दरले बढिरहेको छ । अर्को व्यक्तिमा कति छिटो र सजिलै सर्दोरहेछ भन्ने प्रमाण यही तथ्यांक हो ।तर एन्टीबडी बेस्ड र्‍यापिड टेष्ट कीटले ३–४ दिनसम्मको कोरोना संक्रमढ पत्ता लगाउन नसक्ने र एक पटक कोरोना लागेको व्यक्ति निको भइसकेपछि पनि रिर्पोट पोजेटिभ देखाउने यसको अर्को बेफाइदा हो।

कोरोनाको चपेटामा देश यसरि गुज्रिरहेको आवस्थामा रियल टाइम पीसीआर मेशिनको पहुँच नै सर्वमान्य हुन सक्छ। भ्रमात्मक नतिजालाई बाहिर ल्याउनाले समाजमा डर पैदा हुने हुन्छ । हालैको सनसिटीको घटना, चितवन, पोखरा, काभ्रे लगाएतका ठाउँबाट आएको कोरोनको आरडिटी नतिजाले थुप्रै प्रस्न उठाएको छ। विभागले गुणस्तर नजाँचिएका किट महँगोमा खरीद गरेको भानिरहेता पनि नेपालको परिप्रेक्क्षमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) फितलो सावित भएको छ। यसले समाजमा झन् त्राश पैदा गरेको छ।

यसको अतिरिक्त भ्रमात्मक स्थितिलाई जित्न सरकार तथा कुनै व्यक्तिगत संथाको सम्न्ब्यमा देशको हरेक स्थानमा कोरोना परीक्षणको व्यवस्था हुनु जरुनी देखिन्छ । कोरोना परीक्षण गराउन चाहनेहरुका लागि सरकारले परीक्षणको वातावरण मिलाउनु र बिपन्नका लागि निशुल्क परीक्षण सेवा दिनु नै सहि सुचनाको कारक बन्न सक्छ। यस्तो कदमले समाजमा उत्पन्न भ्रम तथा त्राशको अन्त्य हुन सक्छ ।