कारागारमा कैदीको मृत्यु

चितवन । कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो।
लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले छ वर्ष कैद र १० हजार जरिवाना तोकेका कुर्मीको आज राति मृत्यु भएको हो।
अर्बुदरोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चितवन पठाइएको थियो। पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले बताए। रासस
प्रतिक्रिया दिनुहोस्