कोरोना भाइरसबारे अफवाह फैलाउने युवक पक्राउ

सुर्खेत । सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाइरसबारे अफवाह फैलाएको अभियोगमा सुर्खेतबाट एक युवक पक्राउ परेका छन् । लेकबेसी नगरपालिका–१ लेकफर्साबाट प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेख नौमुले नगरपालिका–३ घर भएका २१ वर्षीय प्रेम बिक रहेका छन् ।
विकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा १ जना कोरोना सङ्क्रमित व्यक्ति देखिएको भन्दै तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाएका थिए । उनले गरेको कामले जनमानसमा डर त्रास बढेकाले इलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्