सनसिटी अपार्टमेन्टमा बस्ने सबैको र्यापिड टेस्ट सुरु

काठमाडौं । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको परीक्षण सुरु भएको छ ।
बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नगर प्रमुख थापाका अनुसार, आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।
स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।
८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्