वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे
काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वपर्यटन सचिव सुशील घिमिरेलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई नियुक्त गरेको हो । तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरेलाई नियुक्त गरिएको छ ।
उनलाई अब चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस्