कञ्चनपुर । कञ्चनपुरमा घरायसी विवादमा छोराद्धारा आफ्नै बुवाको हत्या भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहार गरि हत्या गरेका हुन्।

छोराले बुवामाथि हसिया प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जानकारी दिए। हत्यारा संगी हाल प्रहरीको नियन्त्रणमा छन । प्रहरीले यस विषयमा .अनुसन्धान गरिरहेको छ । साथै घटनास्थलमा समेत प्रहरीले अनुसन्धान गरिहेको छ।