ललितपुर महानगरपालिकाद्वारा १६ हजार घरधुरीलाई राहात वितरण

काठमाडौं । ललितपुर महानगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटलाई मध्यनजर गर्दै १६ हजार घरधुरीलाई राहात वितरण गरेको छ ।
ललितपुर महानगरपालिकामा राहात वितरण गर्दा कुनै समस्या नआएको ललितपुर महानगरपालीकाका मेयर चिरीबाबु महर्जनले बताए । उनले भने ‘राहात वितरण गर्दा समस्या आउछ भनेर जनप्रतिनिधिले राहात वितरण अगाबै घरघरमा गएर तथ्याङ निकालेर राहात वितरण गरेको हुनाले समस्या आएन’ ।
उक्त महानगरपालिकाले स्थानिय बासिन्दालाई मात्र नभई ललितपुर महानगरपालिका भित्र कोठा भाडामा लिएर बस्ने जो वास्तविक रुपमानै गरिब छ, जसलाई राहातको खाचो छ त्यस्ता व्यक्तिलाई राहात वितरण गरेको मर्हजनले बताए ।
ललितपुर महानगरपालिकाले साल्डट्रेनिङ मार्फत राहात वितरण गरेको हो । ललितपुर महानगरमा २९ वटा वडा कार्यलय मध्ये हालसम्म २१,२२ वडामा राहात वितरण गरको महानगरले जनाएको छ । महानगरले
ै राहात वितरण गर्ने क्रम जारी रहेको हुनाले हालसम्म कति रकमको राहात वितरण गरियो भन्ने कुनै तथ्याङ नभएको मर्हजनले बताए ।
ललितपुर महानगरपालिकामा ८५ हजार घरधुरी रहेको छ । ८५ हजार घरधुरी मध्ये १६ हजार घरधुरीलाई राहात वितरण गरेको मर्हजनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्