बागलुङ नगरले शुरु गर्यो ‘फुड बैंक’

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्कटलाई मध्यनजर गर्दै बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले ‘फुड बैंक’ स्थापना गरेको छ ।
कोरोना संकटका कारण रोजीरोटी गुमाएकालाई सहयोग गर्न बागलुङ नगरपालिकामा ‘फुड बैंक’ स्थापना गरिएको जनाइएको छ । दैनिक ज्यालादारीमा काम गर्दै आएका श्रमिक मजदुर, गरिब, विपन्नलाई सहयोग गर्न नगरपालिकाले बागलुङ जेसीजको सहयोगमा ‘फुड बैंक’ स्थापना गरेको हो ।
जेसीजले पहिलो चरणमा रु.६० हजार बराबरको खाद्य सामग्री प्रदान गरेर फुड बैंकको स्थापना गरिएको जनाइएको छ । पहिलो चरणमा ५०० केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० केजी तेल, २०० केजी आटा सहयोग गरिएको छ ।
। फुड बैंकबाट खासगरी बाहिरबाट श्रम गर्नका लागि आएका श्रमिक मजदुर र तीनका परिवारलाई सहयोग गरिने बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि ३० लाखको कोष समेत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्