वीरगञ्जमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौ । वीरगञ्जमा तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जमा बसिरहेका तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार उनीहरूको पहिलो पटक हेटौँडामा परीक्षण गरिएको थियो त्यसमा पोजेटिभ देखिए पछि काठमाडौँ ल्याएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ चरणमा परीक्षण गरिएको थियो । त्यसमा पनि कोरोना पोजेटिभ देखिएको हो ।
यस सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्