नेपालमा कुल जनसङ्ख्या मध्ये वि.स.२०६८को जनगणना अनुसार करिब ७० प्रतिशत जनसङ्ख्या कृषि पेसामा संलग्न छन् भने २८ प्रतिशत मानिस पशुजन्य पेसामा संलग्न छन्। त्यसैलाई आधार बनाएर अहिलेसम्म पनि हामी कृषि प्रधान देश भनिरहेका छौँ। नेपालको आयआर्जनको प्रमुख स्रोत कृषि हो र हाम्रो देश को कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादन मार्फत प्राप्त हुन्छ ।

नेपालमा करिब कुल भूभाग मध्य २८ प्रतिशत जमिन खेतीयोग्य रहेको छ भने त्यस मध्ये २१ प्रतिशत जमिन मात्र खेती भइरहेको छ । नेपालमा यति धेरै जमिन खेती योग्य हुँदा पनि कृषि उत्पादन वृद्धि हुन सकिराखेको छैन । सरकारले ल्याएको कृषि विकासका कार्यक्रमले पनि सबै क्षेत्रमा पहुँच पुर्‍याउन सकेको छैन । फलस्वरूप कृषिमा अहिले खेती योग्य जमिन घटिरहेको छ । अहिले दिनदिनै खेतीयोग्य जमिन घडेरीमा परिणत भइरहेको छ । भने त्यसको मारमा मुलुकले खाद्यमा परनिर्भर हुनु परेको छ ।
दिन दिनै युवाहरू विदेशी रहेका छन् । भएका जमिनमा गरिएका कृषि उत्पादनले बजार पाउन सकिरहेको छैन । कृषि केही आधुनिक परिवर्तन हुन खोजेको भएता पनि त्यो पर्याप्त हुन सकेको छैन । अर्को तर्फ कृषि व्यवसाय गर्नेहरू पनि सुरक्षित हुन सकेका छैनन् । कृषि पेसामा ढुक्कसँग लाग्ने वातावरण छैन । पछिल्लो समयमा नेपाली युवाहरू तरकारी खेती,पशुपालनमा नगदे वाली हिउदेवालीमा आर्कषित भएको देखिन्छ। विशेष गरी यस्ता क्षेत्र वा छोटो समयमा धेरै उत्पादन र आम्दानी हुने भएकाले खेती बढ्दो छ भने बजार पनि ह्वात्तै वढ्दै गइरहेको छ ।

केही दशक पहिले नेपालले चामलको निर्यात गर्थ्यो अहिले यो सुन्दा अच्चम लाग्छ । तर यो सत्य हो । नेपालमा २०२९ साल देखि नेपालले खाद्यान्न आयात गदै आई राखेको छ । नेपालले एक वर्षमा करिब १२५ अर्व सम्मको खाद्यान्न आयात गर्ने गरेको छ । आर्थिक हिसाबले हेर्ने हो भने गत आ.व २०७४/०७५ मा २९ अर्व ५३ करोडको चामल र मकै १२ अर्व ५५ करोडको मूल्य बराबरको खाद्यान्न आयात भइरहेको छ । यो चालु आ।व को ५ महिनाको अवधिमा मात्र धान र कमै क्रमशः १३ अर्व५८ करोड र मकै ५ अर्व १९ करोडको आयात भएको छ । त्यस्तै फलफूल तिर हेर्ने हो भने पनि आ।व २०७४/०७५ मा स्याउको आयात तर्फ ५ अर्व ६३ करोड र तरकारी आलु ६ अर्व ३५ करोडको आयात हुन गरेको छ ।यति हुँदाहुँदै पनि कोरोना महामारी बढेसँगै नेपालमा उत्पादन हुने फलफूल तथा बालीनाली अब बिक्री नभएर बोटमा कुहिनु पर्ने अवस्था आउन सक्छ । बजार सम्म पुर्‍याउन लागत बढी हुने,पर्याप्त व्यापार नहुने सहजीकरण नहुने हुँदा यस्तो समस्या देखिएको हो । नेपालको कृषि उपजले बजार नपाउनु र खाद्यान्न आयात बढ्दै जानुले नेपालको बजेट बाहिरिँदै आएको छ आज अर्को देशमा उत्पादन हुँदा ल्याउन सजिलो छ भोलि त्यही देशमा नै उत्पादन हुन छोडेमा के गर्ने त सधैँ अर्काको आस गरेर त हुँदैन कहिलेसम्म परनिर्भरतामा बसिरहने हो ,सबैले बुझ्न जरुरी र आवश्यक छ।

नेपालको भौगोलिक हावापानीले नेपालमा पशुपालन तथा सबै थरीका बाली अर्थात् बोटबिरुवा लगाउन सकिन्छ । जस्तै नेपालको उच्च पहाडमा जडीबुटीहरू र चौँरी गाई रहेका छन् भने र उच्च पहाडमा स्याउ लगायत अन्य फलफूल लगाउन सकिन्छ । मध्य पहाडमा सबै थरीका फलफूल र पहाडमा मकैको धेरै सम्भावना बोकेको क्षेत्र हो पहाडको प्रमुख खाद्यान्न बाली मकै नै हो । यो नेपालको कुल उत्पादन मध्य ७० प्रतिशत मकै पहाडमा हुन्छ । मध्य पहाडमा धानको उत्पादन कमै मात्रमा हुने गर्दछ जसको कारणले त्यहाँ मकै खेती धेरै हुने गर्दछ तर केहिसमय यता भने पहाडी मकै लगाउने चलन कम हुँदै गैरहको छ । धेरै दुःख ख गरेर थोरै उत्पादन हुने भए पछि किसानले मकै लगाउन छोडेका हुन र पहिलेको भन्दा उत्पादन घटेको कारणले पनि किसान निराश भएका छन् । पछिल्लो समयमा पहिले मकै उपयोग हुने गरेको क्षेत्रमा चामल प्रयोग हुन थालेको छ । पहिले स्थानीय उत्पादनबाट खाद्यान्नको आपूर्ति हुन्थ्यो भने अहिले चामल किनेर खाने चलन बढेको छ । जसको कारणले बाहिरबाट खाद्यान्न आयात बढ्दै गएको छ । भने तराईमा प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढी हुने गर्दछ । अहिले सबै उत्पादन तराईको धान पहाडी क्षेत्रमा पुग्ने गर्दछ । तर तराई क्षेत्रमा पनि अहिले खेती हुने जमिनमा धमाधम घर बनी राखेका छन् । धान उत्पादन हुने क्षेत्रफल पनि कम हुँदै गइरहेको छ ।

नेपालमा असङ्ख्य मात्रामा कृषि तथा पशुपालन व्यवसाय समेत रहेका छन् । विशेषगरि दूध तथा मासुको लागि पशुपालन व्यवसाय फस्टाएको छ ।हाल विश्वमा व्याप्त यो महामारीले नराम्रो सँग कृषि तथा कृषकलाई असर पारेको देखिन्छ।हाल मत्स्यपालन ,कुखुरा पालन तथा पशुपालन गरेर दूध तथा दुग्धजन्यपदार्थ बेच्ने र मासुजन्य पदार्थ बेच्ने व्यापारीहरू धेरैजस्तो मर्कामा देखिन्छन्। मासु तथा फूलका लागि जन्माएका कुखुराहरूको पर्याप्त बजार नहुनु ,छोटो समयका कुखुराको आयु सकिँदै जानु, नयाँ कुखुरा थप्नको लागि आवश्यक सम्पूर्ण तयारी गर्न नसक्नु कोरोनाले कुखुरा पालनमा निम्त्याएका जटिल समस्या हुन्।

अर्को कुरा गर्मी समयमा दुग्ध पदार्थको माग बढ्ने समय पनि हो । आइसक्रिम, दही, दूधलगायतका पदार्थको उत्पादन बढ्ने वेला हो यो। तर, उद्योगीहरूले यो वर्ष कोरोनाका कारण ठुलो क्षति भोग्नुपर्ने अवस्था आउने सङ्केत मैले देखेको छु । तपाईँ हामीलाई थाहा नै छ ,अहिले नै बजारमा दुग्ध पदार्थको उपभोग १० प्रतिशतले कम भइसकेको छ । अर्कातिर गर्मीलाई लक्षित गरी दूध खरिदका लागि सम्झौता अघि नै भइसक्ने भएकाले आपूर्ति अझै बढ्छ । दुग्ध पदार्थ स्टक बढेको छ । उपभोग घट्नुको मुख्य कारण उपभोक्तामा डरको वातावरण सिर्जना हुनु हो । चिसोका कारण रोग फैलन्छ भन्ने भ्रामक प्रचारले गर्दा उपभोक्ताले दुग्धजन्य फ्रिजमा राखेका चिसो पदार्थ कम खाएको पाएका छौँ । त्यस्तै बजारमा चहलपहल कम भएकाले होटेल, रेस्टुराँ बन्द हुने र कम चल्ने गरेको पाइन्छ । यसले अर्थतन्त्रमा सिधा असर गरिरहेको महसुस हामीले गरेका छौँ । अहिले नै दुग्ध बजार घटेको छ भने अब स्कुल, कलेजहरू बन्द भएपछि बजार यसै खुम्चने देखिन्छ । यसको असर उद्योगीलाई मात्र होइन, हामी किसानहरूमा पनि परेको छ। किसानको समस्या समाधानका लागि हामी किसानको दूध नियमित खरिद गर्ने कुरामा सरकार प्रतिबद्ध भयको देखिँदैन । तर, यो विषय आफैमा गम्भीर विषय भएकाले सरकारी तवरबाट यस विषयमा पहल हुनुपर्छ ।

अर्को कुरा यो समय बालीनाली लगाउने तथा भित्राउने समय पनि हो ।अहिले किसानहरू तरकारिबाली सँगै खाधन्नवालि लगाई रहेका छन्।कोरोनाको महामारी भित्रिएसँगै लकडाउनले किसानले उब्जाएका आलु प्याज लसुन लगायत तरकारीले अहिले बजार ओगट्न सकिरहेको छैन भने नयाँ सिजन अनुसार लगाउनु पर्ने बालीनाली छन् त्यसको पर्याप्त मात्रामा बिउ विजन ,मलखाद ,औषधि बजारमा पर्याप्त मात्रामा पाउन सकिरहेको छैन। त्यसैले किसानहरू महामारी सँगै धेरै नै चिन्तित छन्।यसले झन् नेपालको अर्थतन्त्रलाई केही कमजोर बनाएको देखिन्छ।

मुलतस्नेपालमा महामारी बढेसँगै उद्योगधन्दामा समेत कच्चा पदार्थ नआउँदा उद्योगले पूर्णरुपमा काम गर्न सकिरहेको अवस्था छैन, जसका कारण कामदारको काम बन्द भई उनीहरूको रोजीरोटीमा समेत प्रभाव परेको छ।यही पारामा हो भने देशमा गरिबीको सङ्ख्या बढ्ने छ । राष्ट्रिय योजना आयोगका अनुसार हाल नेपालमा गरिबिको रेखामुनि रहेको जनसङ्ख्या १८।७ प्रतिशत छ । यो सङ्ख्या बढ्न सक्ने सबैको अनुमान छ । सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, विद्यालय, केबलकारलगायत क्षेत्र बन्द भएका छन् । होटलहरु केही पूर्ण रूपमा बन्द छन् भने केही होटेल आंशिक बन्द छन् । बजारमा महँगी र कालोबजारी मौलाएको छन् । अर्थतन्त्र चलायमान बनाउने पर्यटन क्षेत्र नराम्ररी थलिएका छन् । उडान सङ्ख्या धमाधम कटौती भएका छन् भने होटेल सुनसान छ । यसले देशको अर्थतन्त्र ७० प्रतिशतको नोक्सानमा धकेलिएको अर्थविदहरुले बताई सकेका छन्। हाल देशको अर्थतन्त्रको आकार झन्डै ३३ खर्व नजिक छ ।यस्तो वेला कोरोनाले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई असफल बनाएको छ । यस वर्ष ४।५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हुन नसक्ने सबैले मूल्याङ्कन गरेका छन्।कृषि उत्पादन जति हुनुपर्ने हो त्यो भइसकेको र गैर कृषितर्फ कोरोनाले असर गरेको छ । बाहिरी लगानी ठप्प छ, कच्चा पदार्थ भित्रिएका छैनन् । यसले देशको मात्र नभएर विश्व अर्थतन्त्रमा समेत ह्रास उत्पन्न गराएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि विश्वभरका मुलुक आआफ्नो ढङ्गले अगाडि बढिरहेका छन् । यो अवस्थामा नेपाल सरकारले पनि अत्यन्तै कठिनका साथ महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
तर, कोरोना भाइरस सङ्क्रमणका कारणहरूको पशुपन्छीको मासुको उपयोग सम्बन्धी सूचनामा आम उपभोक्ताहरूलाई भ्रम पर्दा अहिले कृषक तथा पशुपन्छी व्यवसायीहरू तनावमा देखिएका मात्र होइन, यो व्यवसाय नै धरापमा पर्ने अवस्था देखिएको छ ।
अन्ततस् विश्वमामहामारि भाइरस फैलिरहेको जटिल समयमा नेपाल जस्तो कृषि प्रधान देशलाई असर पर्नु स्वाभाविक नै हो तर

सम्पूर्ण कृषकहरू ,उद्योगीहरू ,व्यवसायीहरू अधिकांशले बैङ्कबाट ऋण लिएर उद्योगधन्दा चलाइरहेको देखिन्छ, आफ्नो व्यवसायलाई निरन्तरता दिन यस्तो समयमा किस्ता तिर्न व्याज तिर्न समस्या आउन सक्छ । यस्तो अवस्थामा किसानलाई मनग्य आम्दानी नहुनु ,खर्च बढ्नु ,समयमा भुक्तानी गर्न नसक्नु लगायतका विविध समस्या आउन सक्छन् । यसको सिधा असर उद्योगी र किसानमा पर्न सक्छ । त्यसैले सरकारले किसान, उद्योगी र उपभोक्ता तीनै क्षेत्रका समस्या पहिचान गरी सरकारले ठोस पहलकदमी चालोस्।सम्पूर्ण किसान वर्गलाई मारमा नपारी देशको अर्थव्यवस्था केही हदसम्म सुदृढ होस् भन्ने अनुरोध गर्छु ।