भोलि र पर्सी काठमाडौं बाहिर जान दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सी बाहिर जान दिने भएको छ।
स्थानीय तहको समन्वयमा सरकारले काठमाडौं बाहिर जान चाहनेका लागि विभिन्न ठाउँमा गाडीको व्यवस्था समेत मिलाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा समन्वय समितिको आज बसेको बैठकले २ दिनका लागि राजधानी बाहिरिन चाहने सर्वसाधारणलाई सहज होस् भनेर यस्तो व्यवस्था मिलाएको हो । यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको जनाइएको छ ।
काठमाडौंबाट बाहिर जान पाए पनि काठमाडौं प्रवेश गर्न भने नपाइने समितिले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्