काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्।सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।