काठमाडौँ । विगत केही हप्ता देखि बजार अपत्यारसित रूपले घटेर लगानी कर्ताको मनोबल कमजोर भएको अवस्था देखिन्छ । बजारमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चलखेल भएको हो की भन्ने आवास आम लगानीकर्ताले गर्दै आइरहेका छन् । देशको अर्थतन्त्र सकारात्मक लयमा हुँदाहुँदै धितोपत्रबोर्डका नवनियुक्त अध्यक्ष भिष्म राज ढुङ्गाना आसन ग्रहण गरेको दिन यता बजार सुधारका लागि धेरै धितोपत्र ऐन तथा नियमहरू संशोधन हुँदै संसधमा पनि छलफल भइरहेको अवस्था छ । लगानीकर्ताको ५८ बुँदे मागहरू लगभग पुरा भैसकेको अवस्था छ।

कमल पन्थी

नवनियुक्त सम्बोधनको अध्यक्षले अबको शेयर बजार डिजिटल प्रविधि गराउनु पर्छ भनेर लागिरहनु भएको छ । छिट्टै आई पिओ जारि प्रक्रियामा बुक बिकिल्ङ लागु हुँदैछ । नेपाल धितोपत्र बोर्ड (सेवन) तथा नेप्सेले अझै निम्नअनुसार केही सुधार गर्नुपर्ने देखिन्छ :

१.ब्रोकर कमिसन : हामी लगानीकर्ताले विगत लामो समयदेखि ब्रोकारको कमिसन अति नै महँगो भएको आवाज उठाउँदै आएका छौ । अहिले घट्नु पर्ने उत्तम समय आएको छ । कारोबार समय अवधि बढेर ५ घण्टा पुगेको अवस्था छ । कारोबार रकम पछिल्लो दिनमा ५ अर्व हाराहारीमा कारोबार भएको देखिन्छ । भविष्यमा १० अर्व देखि १५ अर्व कारोबार हुने सम्भावना बढेर गएको स्थिति देखिन्छ मक म पछिल्लो अवस्थामा ब्रेकर सञ्चालकहरू सकारात्मक भएको देखिन्छ । सर्बै नियम निकायहरू समुन्य तथा छलफल गरी उपयुक्त निर्णय निकाल्नु पर्दछ ।

. हकप्रदक शेयरको सिमाः अपहलेको बजार वियरिस ट्रेन्डेमा जानुमा हकप्रदक शेयरलाई मुख्य कारक मानिँदै आएको छ । एउटै कम्पनीले पटक पटक हकप्रद शेयर जारी गरीको पुजी वृद्धि गरिरहेको अवस्था देखिन्छ । खाली नियमक निकायलाई कमिसनको लोभमा पारेर बजार स्थायित्व गर्नु मुख्य जिम्मेवारी हुनुपर्छ । साथै लगानीकर्ताको हितलाई सम्बोधन गर्नुपर्ने हुन्छ । ठिक समयमा ठिक शेयर तोकिनु पर्छ ।

एउटै कम्पनीले एक पटक हकप्रद्धारा फुजी वृद्धि गरिसकेपछि अर्को चोटि जारी गर्न दिनु भएन । मर्जर वा एक्वायरमा जान प्रोत्साहन गर्नुपर्छ । नियामक निकायले कुनै कम्पनीलाई एक चोटि जारी गरेपछि ५ वर्ष सम्म हकप्रद शेयर जारी गर्न नमिल्ने गरी कडा नियम लगाउनु पर्छ । जसले गर्दा बजार आफ्नो गतिमा बढ्ने देखिन्छ ।

३ . म्युचल फण्डः विगत केही लामो ‘समय देखि म्युचल फण्डले बजार बिगारेको देख्दै र सुन्दै आएका छौं । धेरै जसो बजारम सञ्चालित म्युचल फण्डहरुले बैङ्क तथा वित्तीय संस्थाहरूसँग बैङ्कको मुद्दती खाताको ब्याजमा बार्गेनिङ गर्दै आएको देखिन्छ । नियम निकायले जति सक्दो छिटो निर्णय लिनु पर्ने हुन्छ । म्युचल फण्ड अधिकार क्षेत्र तोकिनु पर्छ । केही पैसा बैङ्कमा बचत, केही पैसा शेयर बजारमा अन्य पैसा म्युचल फण्डले दिएको क्षेत्राधिकार भित्र रहेर लगानी गर्न दिनु पर्ने हुन्छ । यदि यो गरिएन भने बजार स्थायित्व हुँदैन ।

४. भित्रि कारोवार जानकारी : बेला बेला बजारमा आउने इन्साइडर जानकारीले बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष असर परेको देखिन्छ । बजारमा टाठा बाठा लगानीकर्ताहरूले इन्साइडर जानकारी थाहा पाएर चलखेल गर्ने गरेको देखिन्छ । सोझा लगानीकर्ताहरू तारोमा परेर प्रत्यक्ष रूपमा डुबेको देखिँदै आएको छ ।

छोटो समयमा बजारदेखि पलायन भएर गएको अवस्था देखिन्छ । त्यसैले नियामक निकायले यहीँ बजारमा सम्बन्धित कम्पनीका पदाधिकारी तथा मुख्य जिम्मेवार व्यक्तिले समाचार सार्वजनिक गरेको अवस्थामा कडा एक्सनका साथै ६ महिनासम्म जेल जानुपर्ने नीति नियम बनाउनुपर्दछ ।

५. सर्ट सेल : बजारमा केही दिन अघि हङ्गामा नै भयो सर्ट सेल को कुराले आफ्नो खातामा सेयर नहुँदा पनि पहुँचवालाहरूले बढी मूल्य मा बिक्रि गरेर कममा खरिद गरी फर्छ्यौट गरेको कुरा आयो । यदि यो सत्य हो भने नियामक निकायले कानमा तेल हालेरै बसेको हो त ? नियम नै नभएको कुरा कसरी लागु भयो त ? कारबाही गर्नु पर्दैन ?

त्यसैले आफ्नो हित ग्राहीको खातामा भएको सेयर बेच्न पाउने व्यवस्था ल्याउनुपर्छ । अन्यथा तैँ चुप, मै चुप मिलेर खाऊ भाले भन्ने जस्तो हुनेछ र बजारको विश्वसनीयता हराएर जानेछ ।

६. यो बजारमा लगानी गर्ने १५ देखि २० लाख लगानीकर्ताहरू रहेको तथ्याङ्क देखाउँदैछ । प्रत्येक लगानीकर्ताहरूको ग्राहक पहिचान हुनुपर्दछ । अन्य क्षेत्रमा जसरी बैंकर, पत्रकारको पहिचान नम्बर छ । त्यस्तै यो बजारमा लगानी गर्ने लगानीकर्ताहरूको ग्राहक पहिचान नम्बर हुनुपर्दछ ।

७. हाल ५० वटा ब्रोकरहरु रहेको अवस्था छ । यदि कुनै लगानीकर्तालाई एउटा ब्रेकर सेवा सुविधा राम्रो भएन भने अर्को ब्रोकारमा गएर कारोबार गर्दा के वाई सी भर्नुपर्ने, नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने झन्झटिलो प्रक्रिया रहेका कारण एउटै के वाई सी बाट ५० वटै ब्रोकारमा कारोबार गर्न पाउने व्यवस्था ल्याउनुपर्दछ ।

८ बैङ्कलाई जतिसक्दो छिटो उप-दलालको रूपमा धितोपत्रको कारोबार गर्न दिइयोस् । साथ साथै ब्रोकरहरुलाई आवश्यकता र क्षमता अनुसार शाखा विस्तार गर्न दिइयोस् र बजारलाई प्रतिस्पर्धात्मक बनाइयोस् ।

९. बजारमा पछिल्लो समयमा धेरै क्लोज आउट समस्या बढ्दै गएका छन् । यो समस्यालाई समाधान गर्न परिस्थिति हेरेर ओटीसी बजार सञ्चालन गर्नुपर्ने देखिन्छ । कम्तिमा २ घन्टाका लागि भए पनि ओटीसी बजार तत्काल सुचारु गर्नुपर्ने देखिन्छ । यदि बजार बुल ट्रेन्ड मा गएको अवस्थामा नियत बस कसैले क्लोज आउट गरेर सेयर हस्तान्तरण गरेर भने कडा कारवाही गर्नुपर्ने ।

१०. कारोबार समय थपः नेपाल धितो पत्र बोर्डले केही दिनदेखि कारोबार समय थप्ने जुन निर्णय गरेको छ यो स्वागतयोग्य कदम हो । यसबाट बजारमा नयाँ लगानकीर्ताहरुले प्रवेश गर्ने सम्भावना देखिन्छ । समय परिस्थिति अनुसार बजारलाई शुक्रवार खोल्ने व्यवस्था गरियो भने बजारमा विभिन्न पेशमा आबद्ध भएका कर्मचारी तथा अन्य कर्मचारी बजारमा सहजै प्रवेश गर्नेछन् । धेरै कर्मचारी बजारमा लगानी गर्न इच्छुक हुँदाहुँदै पनि समय अभावका कारण आउन सकिरहेका छैनन् ।

११. नेप्सेको अनलाईन प्रणाली अझै पनि डेटा सफ्टवेर सुधार गर्नुपर्ने देखिन्छ । ठुलो सङ्ख्यामा शेयर कित्ता कारोबार गर्दा सफ्टवेर धान्न नसक्ने भएकाले कारोबार गर्न वञ्चित हुनुपर्ने भएकाले क्षमता बढाउनुपर्ने देखिन्छ ।

१२. ब्रोकारदेखि पाइने मार्जिन कर्जा सहज बनाउनुपर्ने, बैङ्कहरूको हाराहारीमा ६५ प्रतिशत कर्जा पुर्याउनु पर्ने र ब्रोकरमार्फत पाइने मार्जिन कर्जा तथा सेवा शुल्क कर्जाको ब्याज महँगो भएकाले बैङ्कहरूकै हाराहारीमा सरह शुल्क ल्याउनुपर्ने देखिन्छ ।

१३. युजरनेम र पासवर्ड लिएर कारोबार गर्ने लगानीकर्ताको सिमा घटाउनुपर्ने देखिन्छ । पछिल्लो अवस्थामा अनलाईनको सिमा धेरै हुँदा क्रोज आउट समस्या बढ्दै गएको देखिन्छ ।

१४. डिपोजिट पाटिसिपेटः शुल्क लगायत अन्य शुल्कहरू घटाउनु पर्ने देखिन्छ । प्रतेक कारोबारमा डिपोजिट पाटिसिपेट शुल्क रु २५ तिरिरहेको अवस्था छ ।