कोरोना परीक्षणको नमुना लिन उडेको विमान नेपालगन्ज विमानस्थलमा दुर्घटना

काठमाडौँ । नेपाल एयरलाइन्सको विमान नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ ।
काठमाडौँबाट नेपालगन्जका लागि उडेको विमान नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

उक्त विमान ल्यान्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए ।
विमानमा चालक दलका सदस्य र तीन जना चिकित्सकको टोली थियो । विमान कोरोना भाइरस सङ्क्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना लिन गएको हो ।
विमान चिप्लिएर झाडीतर्फ पुगेको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्