करोनाभाइरसको खोप बनाउन बेलायतको २५५ करोड डलर लगानी

एजेन्सी । बेलायत करोनाभाइरसको खोप बनाउन २५५ करोड अमेरिकी डलर बराबर खर्च गर्ने भएको छ ।
बिहीबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले करोनाभाइरस खोप विकासको लागि विश्वव्यापी प्रयासलाई सहयोग गर्न उक्त कोषमा २५५ करोड अमेरिकी खर्च गर्ने घोषणा गरेका छन् ।
उनले अन्तर्राष्ट्रिय नेताहरूलाई समेत उक्त कार्यमा सक्रिय भएर सहयोग गर्न अनुरोध गरेका छन् । उनले अन्तर्राष्ट्रिय नेताहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै भाइरसलाई परास्त गर्न सहयोगको अपिल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्