काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड१९) को संकमण बढ्न सक्ने जोखिमका कारण नेपाली सेनाले सातै प्रदेशमा ७ हजार २३४ ओटा बेडसहितका क्वारेन्टाइन निर्माण गरेको छ ।

बिहीबारसम्म निर्माण गरिएका मध्ये १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिसकिएको सेनाकाले जनाएको छ ।

त्यस्तै, सेनाले दुई खालका आइसोलेसन वार्ड निर्माण गरेको छ । खासगरी साधारण बेडसहितका १९०२ र आर्इसीयू बेडसहितका १९२ गरि २०९४ ओटा वार्ड निर्माण गरिएको सेनाका सूचना अधिकारी विज्ञानदेव पाण्डेले बताए । ती आईसोलेसनमा ४६ जनालाइ राखिसकिएको छ ।

क्वारेन्टाइनमा बस्नेको सेवासुविधाका लागि स्वास्थ्यकर्मी पनि खटाइएको छ। सेनाका २०६ जना स्वास्थ्यकर्मी खटिएका छन् । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा नेपाली सेनाले देशभर क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गरिरहेको छ ।