कोरोना संक्रमित युवतीसँगै कतार एयरलाइन्समा आएका सुनारलाई अस्पताल लगिँदै

काठमाडौं । कोराना संक्रमण देखिएकी युवतीसँगै जहाज चढेर आएका कञ्चनपुरको महाकाली नगरपालिका १० का ४०/४२ बर्षीय बब्लु सुनारलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिँदै छ ।
महाकाली नगरपालिकाका प्रवक्ता समेत रहेका वडा ६ का अध्यक्ष दिलबहादुर सिँजापतीले सुनारलाई अस्पताल लैजान एम्बुलेन्स बोलाइसकेको जानकारी दिए । ‘‘सायद एक घण्टाभित्र बब्लुलाई अस्पताल पुर्याउन सकिन्छ होला अहिले उनलाई लिनका लागि एम्बुलेन्स पठाएका छौं,’’ वडाध्यक्ष सिँजापतिले भने ।
उनका अनुसार सुनार विदेशबाट फर्किएपछि होम क्वारेन्टाइनमा बसेका थिए । उनलाई अहिलेसम्म ज्वरो, खोकी आएको छैन । यसअघि हिजो पनि उनलाई अस्पताल ल्याउन गएको एम्बुलेन्स रित्तै फर्किएको थियो ।
सुनारले आफू क्वारेन्टाइनमा बसेको र कोरोनाको लक्षण नदेखिएको भनेपछि उनलाई घरमै बस्ने अनुमति दिइएको हुँदा अस्पताल नल्याएको बताइको थियो ।
प्रतिक्रिया दिनुहोस्