कोभिड १९ : स्वास्थ्य संस्थाको सम्पर्कमा आउन आग्रह
पर्वत । यहाँका स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिको सूची सङ्कलन गर्दै नजिकको स्वास्थ्य सस्थाको सम्पर्कमा आउन आग्रह गरेको छ । साथै जिल्ला अस्पतालले पनि कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम नियन्त्रणमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
अस्पतालका निमित्त प्रमुख डा. शिशीर देबकोटाले विदेशबाट फर्केका सबैले अस्पतालमा सम्पर्क गरी एकपटक स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए । उनले स्थानीय तहले विदेशबाट फर्केकाको पहिचान गरी अनिवार्य रुपमा अस्पतालको सम्पर्कमा पठाउन वडा अध्यक्षलाई आग्रह गरे।
जिल्ला प्रशासन कार्यालयले फलेबास सहित कुस्मा, मोदी , जलजला र महाशिला गाउँपालिकामा विदेशबाट आएकाको पहिचान गरिरहेको जनाएको छ । सबै स्थानिय तहका वडा अध्यक्षलाई परिचालन गरि विवरण सङकलन गर्ने काम भइहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिए । फोन नम्बर सहितको विबरण सङ्कलन गरेर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने प्रयास भएको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्