पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

पोखरा । पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको मृत्यु भएको हो । उनी १२ दिनअघि मात्रै भारतको हैदराबादबाट फर्किएका थिए ।
नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सोही गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । तर उनमा कोरोना पुष्टि भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्