यसरी भएका रहेछन् तेस्रो व्यक्ति कोरोना सङ्क्रमित !

काठमाडौं । नेपालमा कोरोनाबाट तेस्रो व्यक्ति संक्रमित भएको पुष्टि भएको छ। उनी खाडी मुलुकबाट हालै नेपाल फर्किएको स्रोतले जनाएको छ । तर, देश भने खुलेको छैन।
हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन्। उनले भनिन्, ‘टेकु अस्पतालको आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।’
अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ।
उनि खाडीबाट आएको र त्यतैबाट कोरोना पनि आएको हुन सक्ने अनुमान गरेको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको स्रोतको दावी छ ।
प्रतिक्रिया दिनुहोस्