को-को हुन् नेपालमा भेटिएका कोरोना भाइरसका तीन संक्रमित ?

काठमाडौं । नेपाल लकडाउन भएको दोस्रो दिन बुधवार करोनाभाइरसका तेस्रो सङ्क्रमित फेला परेको छ ।
यी तीनजनामध्ये पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए । परीक्षणका क्रममा संक्रमित भेटिएका उनी आशोलेशनमा बसेका थिए ।
नेपालगञ्ज स्थायी घर भएका पहिलो संक्रमित अहिले स्वस्थ भई सामान्य जीवनयापनमा फर्किइसकेका छन् । उनी संक्रमित भएको डेढ महिनासम्म कोही संक्रमित नभएको तथ्यांक आयो । तर, यसै हप्ता लगातार दुईजना संक्रमित भेटिएका छन् ।
दोस्रो संक्रमित १९ वर्षीया किशोरी हुन् । काठमाडौं स्थायी घर भएकी उनी फ्रान्सबाट नेपाल आएकी थिइन् । कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि उनी परीक्षणका लागि पुगेका थिइन् । उनको परीक्षणमा कोरोना भाइरसको सक्रमण भेटिएको थियो । अहिले उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी छिन् ।
तेस्रो व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार पुष्टि भएको छ । उनी खाडी मुलुकबाट हालसालै नेपाल फर्किएको बुझिएको छ । तर, देश भने खुलेको छैन ।
उनी हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘टेकु अस्पतालको आइसोलेसनमा रहेका बिरामीको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको हो।’
अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए । अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्