काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै महामारीको आशंका लागे सहयोगका लागि आफू, उपप्रमुख, वडाध्यक्ष वा कार्यपालिका सदस्यलाई सम्पर्क गर्न टेलिफोन नं उपलब्ध गराएका छन् ।

महामारी रोकथाम र निर्मूल गर्न नेपाल सरकारले २०७६ चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनलाई स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसेर महामारी विरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ । अपिलमा महामारी नियन्त्राका लागि महानगरका प्रयास उल्लेख गर्दै मेयर शाक्यले अपिलमार्फत सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गर्न व्यवसायीलाई आग्रह गरे ।

अपिलको पूर्ण पाठ

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमूल गर्न मिति २०७६ चैत ११ गते विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशन स्वागत योग्य छ ।

कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु । आफू, आफ्ना प्रिय परिवार र आफ्ना टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै छ । यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई समेत हार्दिक अनुरोध गर्दछु ।

सम्भावित महामारीका विरुद्ध सचेत र सतर्क भई प्रतिरोध गर्नुपर्ने यस अवस्थामा नगरवासीलाई आइपर्न सक्ने कुनै पनि समस्या र अप्ठ्यारोमा सहयोग गर्न काठमाडौं महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीवर्गलाई सतर्क अवस्थामा रहिरहन पनि निर्देशन गर्दछु ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र स्वास्थ्य सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । काठमाडौँ महानगरको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी अवगत गराउन चाहन्छु ।

प्रमुख/उपप्रमुख :
विद्यासुन्दर शाक्य – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९

वडा अध्यक्षहरू :
१० भरतलाल श्रेष्ठ – ९८५१२७९९०१ २० राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३० दिपक के।सी। – ९८५१२७९९०३ ४० मोहन बिष्ट – ९८५१२७९९०४
५० रमेश डंगोल – ९८५१२७९९०५ ६० दिपेन्द्र लामा – ९८५१२७९९०६
७० शुद्ध डंगोल – ९८५१२७९९०७ ८० दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९० रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९ १०० रामकुमार के।सी। – ९८५१२७९९१०
११० हिरालाल तण्डुकार – ९८५१२७९९११ १२० विकास डंगोल – ९८५१२७९९१२
१३० ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३ १४० शोभा सापकोटा – ९८५१२७९९१४
१५० इश्वरमान डंगोल – ९८५१२७९९१५ १६० मुकुन्द रिजाल – ९८५१२७९९१६
१७० नवीन मानन्धर – ९८५१२७९९१७ १८० न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९० शशिलाल श्रेष्ठ – ९८५१२७९९१९ २०० राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१० उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१ २२० चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३० मचाराजा महर्जन – ९८५१२७९९२३ २४० बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५० नीलकाजी शाक्य – ९८५१२७९९२५ २६० ख्यामराज तिवारी – ९८५१२७९९२६
२७० चिनियामान वज्राचार्य – ९८५१२७९९२७ २८० भाइराम खड्गी – ९८५१२७९९२८
२९० कुश ढकाल – ९८५१२७९९२९ ३०० दलबहादुर कार्की – ९८५१२७९९३०
३१० नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ ३२० नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू :
लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१ रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३ कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५ पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७ प्रेम पोडे पुजारी – ९८५१२७९९५८